एजेन्सी,साउन १४ । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट एकै दिन १ हजार ५९२ जनाको मृत्यु भएको छ । 

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महीना यताको नै सबैभन्दा बढी भएको मंगलवार जानकारी दिइएको छ । 

स्थानीय समयानुसार मंगलवार राती ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयले जानकारी दिएको छ । 
अमेरिकामा कुल संक्रमितको संख्या ४४ लाख ९८ हजार ३४३ पुगेको छ भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ । 

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना संक्रमित भएका छन् । गत वर्षको डिसेम्बर महीनाबाट चीनको हुपेई प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्।