विर्तामोड, साउन १४ । जिल्ला प्रशासन कार्यलय झापाले मानिसहरुको स्वास्थ्यलाई ख्याल गर्दै कोभिड १९ को संङ्क्रमणलाई नियन्त्रण गर्न मास्कको प्रयोग अनिवार्य गरेको छ ।

आज बसेको डि.सि.सि.एम.सी झापाको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्डहरु सबैले पालना गर्नुपर्ने, न्युनतम २ मिटरको सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्क र सेनेटाइजरको प्रयोग गर्नुपर्ने निर्णय गरेको हो ।

त्यसैगरी संङ्क्रमण रोग ऐन, २०२० को दफा ३ भएको बमोजिम सार्वजनिक स्थलमा रहँँदा वा हिड्डुल गर्दा मास्क नलगाउने जो कोही व्यक्तिलाई १०० रुपैयाँ जरिवाना लिन आफ्नो मातहातका निकायलाई निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।