एजेन्सी,साउन १५ । भारतमा पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणका कारण ७ सय ७५ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा संक्रमित मृतक संख्या ३४ हजार ९ सय ६८ पुगेको छ।

नयाँ थपिएका संक्रमितको संख्या ५२ हजार १ सय २३ छ भने जम्मा संक्रमित संख्या १५ लाख ८३ हजार ७९२ पुगेको छ। त्यसमध्ये पाँच लाख २८ हजार २ सय ४२ संक्रिय संक्रमित छन् भने १० लाख २० हजार ५ सय ८२ निको भएर घर फर्किएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्।