झापा,साउन १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा  २२४  जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा  २२४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। 

उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा झापाका १३, मोरंगका १५, धनुषाका १, बाराका ४, सर्लाहीका १, पर्साका ४१, रौतहटका ३, बझांगका २५, कैलालीका १५, काठमाडौँका ३२, ललिपुरका ५, नुवाकोटका २, नवलपरासी पुर्वका २, मकवानपुरका १, दार्चुलाका १६, कन्चनपुरका १८,सप्तरीका १, भक्तपुरका १, कास्कीका ३, म्याग्दीका २, तनहुँका १, गुल्मीका २, रुपन्देहीका १, बाँकेका १, दैलेखका २, दाङका ३, बैतडीका १० र डोटीका ३ जना रहेका छन्।  

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १९,७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा १५१  जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १४,३९९  पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।