झापा,साउन १७ । जिल्ला प्रशासन कार्यालय झापाले अर्को सूचना नआइन्जेल विद्यालय नखोल्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् ।

प्रशासन र इकाईले एकसाथ विज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय तथा शैक्षिक कन्सल्टेन्सी र ट्युसन सेन्टरलाई अध्ययनरअध्यापन नगराउन निर्देशन दिएका हुन् । संक्रमणको दृष्टिले ’रेड जोन’ मा रहेका भद्रपुर र कचनकवलका कतिपय विद्यालय सञ्चालन गरिएपछि नियमक निकायले त्यस्तो निर्देशन दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमकुमार राई र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयप्रसाद महतले विज्ञप्ति निकालेर कोभिड १९ संक्रमणको जोखिमका कारण पठनपाठन नगर्न नगराउन निर्देशन दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ८ र मन्त्रिपरिषदको जेठ २८ गतेको निर्णयानुसार शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन नगर्ने आदेश जारी भएको भन्दै शिक्षण संस्था बन्द गर्न भनिएको छ ।

सरकारले स्थगित भएका परीक्षा र विद्यार्थी भर्ना भदौ १ गतेदेखि गर्न भने पनि झापामा शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिमकेन्द्र सञ्चालन हुन थालेपछि त्यस्तो नगर्न निर्देशन दिइएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्।