झापा, साउन १७। झापा गाउँपालिकाको वडा नं. ४ मा रहेको प्रहरी चाैकी टाँघनडुब्बाले अवैध रुपमा भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा कपडा पक्राउ गरेको छ ।

प्रहरी निरिक्षक संदीप बोग‍ोटी नेतृत्वको प्रहरीको टोलीले रात्री अवस्थामा गस्ती निस्कदा झापा गाउँपालिकाको वडा नं १ लसुना र रसुनगंजको वाटोमा प्रहरीको गाडी देखे पछि भारी वोक्ने कैरियरहरु कपडाको पोका फ्याँकेर भागेका थिए ।

कैरियरहरु भागेपछि अवैध रुपमा भारतवाट भित्रियाएको ८ पोका कपडा नियन्त्रणमा लिई अहिले प्रहरी चाैकी टाँघनडुब्बामा राखिएको छ । उक्त सामानको मुल्य ३ लाख भन्दा बढी रहेको प्रहरी निरिक्षक बोगटीले जानकारी गराएका छन् । सोधिएको एक प्रश्नमा अब यो सामानलाई के गर्नुहुन्छ त ?
वोगटीले जवाफ दिए जिल्लामा जानकारी गराई सकेका छाै अाज शनिबार भन्सार वन्द हुने भएकोले भ‍ोली अाइतबार विहानै विहानै उक्त अवैध कपडालाई भन्सार कार्यालय वुझाउने तयारीमा छाै ।

प्रहरी निरिक्षक बोगटी एक कुशल प्रहरी अधिकृत हुन् । प्रहरीमा हुनुपर्ने सबै गुणहरु उनीसँग छन् । उनी ३ महिना अगाडि प्रहरी चाैकी टाँघनडुब्बा आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।