झापा , श्रावण २१ । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले सिजन २०२०-२१ का लागि आधिकारिक होम जर्सी सार्वजनिक गरेको छ । एडिडासद्वारा निर्मित यो जर्सी म्यानचेस्टर युनाइटेड क्रिस्टबाट प्रेरित भनिएको छ ।

एडिडासका डिजाइन निर्देशक इनिगो टर्नरले म्यान्चेस्टर युनाइटेडको आधिकारिक वेबसाइटमा भनेका छन्, “यस सिजनका लागि हामीले खेलाडी र समर्थकलाई जोड्ने मूल्यमान्यताहरूको अनुसन्धान गर्‍यौं । हामीले सबै खेलाडी र समर्थकलाई आधुनिकता र नवीनताका साथ जोड्न खोज्यौ । जसले सबै समर्थकहरुलाई सिर्जनात्मक रुपमा एकताबद्ध बनाउन मद्दत गर्नेछ ।”


बुधबार क्लब र एडिडासको सञ्चार च्यानलमा जर्सी सार्वजनिक गर्दा मार्कुस रासफोर्ड, ब्रुनो फर्नान्डेस, आरोन वान-बिसाका र स्कट म्याक्टोमोनी थिए । त्यस्तै महिला टिमकी मिडफिल्डर काटिए जेलेमको रहेका थिए । युनाइटेडले २०१९-२० मा आफ्नो होम जर्सीको एक भागमा भएको कालो चड्डी हटाउने बताएको छ ।

नयाँ जर्सी युनाइटेडले आज राति युरोपा लिगमा अस्ट्रिया क्लब लास्कविरुद्ध लगाउने जनाएको छ । बुधबार राति युनाइटेडले युरोपा लिगको शीर्ष १६ को दोस्रो लेग लास्कसँग खेल्दै छ । खेल नेपाली समयअनुसार राति १३:४५ बजे सुरु हुनेछ । लास्कको घरेलु मैदानमा भएको खेलमा युनाइटेड ५-० गोलले अग्रता बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।