झापा , साउन २४ । नेपाल कृषि बगानक्षेत्र श्रमिक संघ , नेपाल चिया बगान श्रमिक संघ , र अखिल नेपाल चिया मजदुर संघको केन्द्रिय झापाले आज संयुक्त प्रेस विज्ञप्ती जारी गरेको छ । रोजगारदाताहरुले टे«डयुनियन र रोजगारदाता बिच भएका सहमति सम्झौताहरु पुर्णरुपमा कार्यान्वयन नगरिदा मजदुर सधैँ मारमा पर्ने गरेकाले विज्ञप्ती मार्फत ध्यानकार्षण भएको जनाईएको हो । यसै विषयलाई लिएर आफूहरु बारम्बार आदोलनमा उत्तरिन बाध्य भएको पनि उल्लेख गरिएको छ ।
सहमतिका सम्झौताहरु कार्यान्वयनमा ल्याउन , समस्या प्रति गम्भिर र जिम्मेवार भई मजदुरहरुसँगको सम्बन्ध थप सुमधुर बनाउन आग्रह गरिएको छ । त्यस्तै विश्वभरिे नोबल कोरोना भाइरस कोभिड १९ को महामारी फैलिएको बेला देशैभर लकडाउन गरिएको थियो त्यतिबेला पनि मजदुरहरु ज्यानको जोखिन मोलेर काम गर्न बाध्य भएको कुराको पनि जानकारी गराइएको छ । आफूहरुले यसरि धेरै पटक कलकारखाना र उद्योग विकासमा महत्तवपूर्ण भुमिका निर्वाह गरे पनि आफ्नो योगदान प्रति रोजगारदाताहरु संवेदनशिल नभएको मजदुरहरुको गुनासो छ । श्रमिकले पाउनु पर्ने सेवासुविदा नपाएको पनि बताएका छन् ।
उनिहरुले आन्दोलन गर्न रहर नभएर बाध्यता भएको र फेरि पनि आफ्ना हक प्राप्त नभए आन्दोलनमा जान बाध्य हुने जानकारी दिएको छ ।

संयुक्त प्रेस विज्ञप्ती जारी गरि संघहरुले समस्या समाधानको लागि समयमै पहल गर्न नेपाल सरकार , सरोकारवाला रोजदाता , स्थानिय सरकार चिया सहकारी संस्थाहरु लगायत सरोकारवालाको ध्यानकार्षण गराएको जनाएका छन् ।
मागहरु जस्ताको त्यस्तै ।
१. श्रमऐन २०७४ को दफा १०६ मा प्रत्येक २ बर्षमा न्युनतम पारिश्रमिक पुनरवालोकन गर्ने व्यवस्था भएकोले २०७७ साउन १ गते देखि लागु हुने गरि चिया श्रमिकहरुको पारिश्रामिक वृद्धि गरियोस । साथै पत्ति डबली समय अनुकुल वृद्धि गरियोस ।
२.२०७५ साउन १ गते देखि वृद्धि भएको दैनिक रु.१०७ बराबरको रकम २०७५ साउन १ गते देखि २०७६ बैशाख ३० गते सम्मको २०७६ चैत्र मसान्त सम्ममा भुत्तानी दिई सक्ने भनि २०७६ चैत्र मसान्त सम्म पनि चिया श्रमिकहरुले उक्त रकम भुक्तानी नपाएको हुदा यथाशिध्र भुत्तानी गरियोस ।
३. हामी श्रमिकहरुले आपm्नो पारिश्रमिकबाट सामाजिक सुरक्षा कर तिर्दै खाएको छौँ तर अहिले सम्म पनि हामीलाई सुचिकृत नगरिएको हामीले करबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेको छ । हाम्रै पारिश्रमिकबाट कट्टा गरिएको सञ्चयकोषको रकम समेत सम्बन्धित निकायमा जम्मा गर्रिको छैन । त्यसैले सबै चिया श्रमिकहरुलाई अनिवार्य सामाजिक सामाजिक सुरक्षाकोषमा सुचिकृत गरियोस ।
४. विश्वलाई आक्रन्त बनाई रहेको कोरोना भाईरस र नेपालमा दिनानुदिन बढदै गएको संक्रमणमा जोखिम मोलेर दैनिक काम गर्नु परेको छ । सुरक्षाको पर्याप्त व्यवस्था छैन । कुनैपनि बेला कार्यथलो बन्द हुन सक्छ तसर्थ महामारीबाट बच्न आवश्यक सुरक्षा सामाग्रीको उचित व्यवस्था गरियोस ।

तपाइको प्रतिक्रिया दिनुहोस्।