काठमाडौँ,भदौ २७ । प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी गरेका छन्।

कुलमान घिसिङको पहिलो ४ वर्षे कार्यकाल आइतबार पूरा सकिदै छ । त्यसैले आइतबार नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ।

शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्।