कमल,असोज २० । झापाको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले एसईई पछिको प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच छात्रवृत्ति रकम वितरण वितरण गरेको छ ।

कमल गाउँपालिका क्षेत्रभित्र बसोबास भएका र एसईई पछिको प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई गाउँपालिका कोषबाट छात्रवृत्ति रकम वितरण गरेको हो । जम्मा ४५ जना प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरूलाई पढाइमा प्रोत्साहन गर्ने उद्देश्यले छात्रवृत्ति रकम उपलब्ध गराइएको कमल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सूर्य न्यौपानेले जानकारी दिए । कार्यक्रममा कमल २ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयका २५ जना र कमल ७ स्थित सरस्वती माध्यमिक विद्यालयका २० जनालाई छात्रवृत्ति प्रदान गरिएको हो।

महेन्द्र रत्न माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ तर्फको सव ओभरसियर र सरस्वती माध्यमिक विद्यालयमा कृषि र पशुविज्ञान विषय पढाइ हुने गरेको छ ।

छात्रवृति पाउनेमा महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्यायनरत विद्यार्थीहरूलाई प्रति विद्यार्थी ११ हजार ३ सय ६३ र सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजार ७ सय ९५ रुपैयाका दरले गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले छात्रवृत्ति रकम प्रदान गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।