झापा,असोज २१। झापाको सदरमुकाममा रहेको भद्रपुरमा कोरोना संक्रमण समुदायमा बढ्दै गएपछि नगरपालिका तीन दिनका लागि बन्द भएको छ ।

नगरपालिका बोर्डले आजदेखि २३ गते शुक्रबारसम्म प्रशासनिक काम–कारवाही, फिल्डका कामलगायत राष्ट्रिय परिचयपत्रका लागि भइरहेको फोटो खिचाउने कार्य रोक्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईले बताए ।

समुदायस्तरमा फैलिँदै गएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सेवाग्राहीको भीड हुने नगरपालिकाको प्रशासनिक काम तीन दिनका लागि रोकेको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।