मोरङ , असोज २१। मोरङ जिल्ला प्रहरीले करिब एक लाख ८० हजार बराबारको अवैध निकासी हुदै गरेको सेतो मटर बरामत गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका वडा नम्बर १ गडेरिया स्थित श्याम मण्डलको घरबाट अन्दाजी १ लाख ८० हजार बराबरको सेतो मटरको ९० बोरा बरामद गरेको जनाईएको छ ।

प्रहरी कार्यालयका अनुसार मटर दशगजा इलाकाबाट अवैध रुपमा भारत तर्फ चोरी निकासी हुनलागेको भन्ने सुचनाका आधारमा उक्त स्थानमा प्रहरी टाेली परिचालीत हुँदा साे परिमाणकाे मटर बरामत गरेकाे हाे । 

तपाइको प्रतिक्रिया दिनुहोस्।