बिर्तामोड, असोज २२। जनता समाजवादी पार्टी सम्बद्ध युवा संघले झापामा सरकार बिरुद हजारौंको संख्यामा मोटरसाइकल र्याली सम्पन्न गरेको छ। मोटरसाइकल र्याली झापाको दमकदेखि सुरु भएर बिर्तामोड हुँदै काकडभिट्टा पुगी कोण सभामा परिणत भएको थियो। कोण सभामा सन्तोष गणेश ,युवा संघ प्रदेश सचिव पवनदेव बिस्ट, जनता समाजवादी पार्टी युवासंघ प्रदेश अध्यक्ष रोसन लिम्बु , जनता समाजवादी पार्टी झापाका अध्यक्ष दिपेनबाला राई , माननीय साम्सद राधा थापाले सम्बोधन गरेका थिए। अधिकांश वक्ताहरुले सरकार जनबिरोधी , भ्रष्टाचारी , दमनकारी चरित्रको भएको उल्लेख गर्दै कोरोनाको नाममा भएको खर्च सार्वजनिक गर्नुपर्ने , कुलमान घिसिङ्लाई पुन नियुक्ति गर्नु पर्ने , गरिव जनताको स्वास्थ्यको पक्षमा अनसनरत डा गोबिन्द केसीको मागलाई तुरुन्त सम्बोधन गर्नु पर्ने जस्ता मागहरु पुरा गर्न दबाब दिदै उक्त माग पुरा नगरे सरकार बिरुद्ध युवाहरु सडकमा उत्रिने उद्घोष गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्।