झापा , असोज २३। नेपाली काँग्रेसका नेता तथा पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको कोरोना संक्रमणबाट निधन भएको छ । २०४६ मै झापा जिल्ला सभापति बनेका प्रसाईँको आज मध्यान्न उपचारको क्रममा चावहलस्थित ओम अस्पतालमा ९९ वर्षको उमेरमा निधन भएको हो ।

कोरोना संक्रमण पुष्टि भएको प्रसाईलाई उच्च ज्वरोका साथै श्वास प्रश्वासमासमेत समस्या थियो । उनलाई उपचारको लागि एकसाता अघि नै अस्पताल भर्ना गरिएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । उनको श्रीमति, तीन छोरो र दुई छोरी छन् ।

यसैबीच उनको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।