विर्तामोड, असोज २५ । बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग समन्वय गरी अघि बढ्ने उद्धेश्यले झापामा बालबालिका तथा शिक्षा सञ्चार मञ्च नेपाल गठन गरीएको छ ।

बिर्तामोड नगरपालिकाको सभाहलमा आईतबार आयोजित कार्यक्रमका बिच सञ्चारकर्मी सरोज पौडेलको नेतृत्वमा १५ वटै पालीकाका कम्तिमा १ जना सञ्चारकर्मी सदस्य रहने गरी तदर्थ समिति गठन गरीएको हो ।

कार्यसमितिमा अर्जुनधाराबाट शुष्मा त्रिखत्री र पुष्पा लिम्बु, मेचीनगरबाट प्रकाश पौडेल, बुद्धशान्तिबाट आयुष निरौला, भद्रपुरबाट द्रोण अधिकारी, गौरीगञ्जबाट आत्माराम राजबंशी, हल्दिबारीबाट नेत्र बिमली, गौरादहबाट सृजन घिमिरे, कचनकवलबाट घनश्याम अर्याल, कनकाईबाट चन्द्र बस्नेत, कमलबाट उमानाथ भण्डारी, झापाबाट केशव चापागाई लगायत रहेका छन् ।

आगामी कार्तिक १ गते बिर्तामोडमा बस्ने मञ्चको पहिलो बैठकले समितिलाई पूर्णता दिईने छ । कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सडक बालबालिकाको व्यबस्थापन र उनीहरुलाई उचित शिक्षाको पहुँचमा पुर्याउन स्थानीय सरकारले प्रभावकारी रुपमा काम गरिरहेको बताए । उनले नवगठित समितिले बालबालिका र शिक्षाको क्षेत्रमा स्थानीय तहसँग पुलको काम गर्नुपर्ने सुझाव समेत प्रदान गरे ।

कार्यक्रममा नगर उप– प्रमुख पवित्रा महतरा प्रसाई , शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतको आतिथ्यता रहेको थियो । आगामी दिनमा मञ्चको विभिन्न जिल्लामा समेत शाखा विस्तार गरीने संयोजक पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।