भद्रपुर , असोज ३० । झापाको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले पानी आपूर्ति बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।आफ्ना एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पानी आपूर्ति बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

समितिले एक सूचना जारी गरी भद्रपुर १० चन्द्रगढीका एक कर्मचारीलाई कोरोना देखिएकाले असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म कार्यालय बन्द गरिएको जनाएको छ ।

समितिका सचिव बाबुराम कार्कीले पानी वितरणबाहेकका अन्य सम्पूर्ण सेवा असोज ३० गतेदेखि कार्तिक ६ गतेसम्म बन्द रहने जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।