एजेन्सी, असोज ३०। युट्युबले कोरोना भाइरसबारे भ्रम फैलाउने भिडियोहरु हटाइदिने भएको छ। युट्युबमा कतिपयले भ्रामक भिडियोहरु पोस्ट गरेर युट्युबका कारण समाजमा नकारात्मक असर परेको भन्दै आलोचना भएपछि युट्युबले त्यस्ता भिडियो हटाउने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिए पनि कतिपय व्यक्तिहरुले कोरोनाविरुद्धको औषधि वा खोप पत्ता लागेको भन्दै युट्युबमा हालेको भिडियो बढी विवादमा परेको थियो।युट्युबका प्रवक्ता फर्शाद शाड्लुद्धारा जारी वक्तव्यमा लेखिएको छ, ‘कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने औषधि वा खोप भन्दै कतिपय भ्रमण छर्ने भिडियोहरु युट्युबमा प्रयोग भएको र त्यसबारे उजुरीहरु समेत आएकाले त्यस्ता भिडियो हटाउने निर्णय गरिएको हो।’

स्वास्थ्य जस्तो संवेदनशील विषयमा भ्रम छर्ने भिडियोहरुले मानव जीवनमाथि नै खतरा उत्पन्न गर्न सक्ने भएकाले त्यस्ता भिडियो हटाउन बाध्य भएको उनको भनाइ छ। गलत तथा भ्रामक भिडियोहरु नै बढी हेरिएकाले पनि त्यस्ता भिडियो सामाजिक तथा मानवहितका लागि हानिकारक भएको युट्युबको ठम्याइ छ।  

तपाइको प्रतिक्रिया दिनुहोस्।