कुमरखोद, असोज ३०। नेपाल रेडक्रस सोसाईटी झापा शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी उपशाखा कुमरखोदको समन्वयमा आज झापा गाउँपालिकाको १ र २ को वडा स्तरीय सहयोगी कार्यदललाई १ दिने कोभिड १९ को वारेमा अभिमुखीकरण तालिम दिएको छ ।
युनिसेप नेपालको साझेदारी तथा झापा गाउँपालिको सहकार्यमा १ दिने तालिम सहयोगी कार्यदललाई दिएका थिए । नेपाल रेडक्रस सोसाईटी झापाका फोकल पर्सन भक्त वहादुर विश्वकर्माले संचालन गरेको कार्यक्रममा कोभिड १९ वाट कसरी वाँच्न सकिन्छ र समाजमा गएर कसरी कोभिडको वारेमा जनचेतना पैmलाउन सकिन्छ र सावुन पानीले कसरी हातधुन पर्छ भनेर सिकाएका थिए । त्यसैगरी झापा गाउँपालिका स्वास्थय प्रमुख लक्ष्मण विश्वकर्माले भने अव सरकारले नयाँ नियम लागु गरेको छ । वाहिरवाट आउने मानिसहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइममा वस्नु पर्छ । पिसीआर चेकजाँच हुदैन , स्वास्थयमा धेरै समस्या आए मात्र पिसीआर चेकजाँच हुन्छ । क्वारेन्टाईमको हकमा भने घरमा सुविधा हुनेले होम क्वारेन्टाईनमा वस्ने तर जानकारी चाँहि गराउने र घरमा सविधा नहुनेले झापा गापाले तोकिएको ठाउँमा आएर क्वारेन्टाईमा वस्ने र कोभिड १९ वाट वच्न भिडभाड एरियामा नजाने, अनाआवश्यक घरवाट वाहिर हिड्डुल नगर्ने र हिड्डुल गर्नु परेमा अनिवार्य मास्कको प्रयोग गर्ने , कम्तीमा पनि दुई मिटर सामाजिक दुरी कायम गर्ने र स्वास्थय सम्वन्धी धेरैको कुराको जानकारी गराएका थिए ।
झापा गाउँपालिकाको वडा नं २ मा रहेको सामुदायिक भवनमा भएको कार्यक्रममा विशेष अथितीहरु वडाअध्यक्ष राजकुमार यादव , नेत्र वहादुर खड्का , कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको समापन वडा नं २ का वडाअध्यक्ष नेत्र वहादुरले खड्काले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।