बिर्तामोड,कार्तिक ०१। बलात्कारीलाई मृत्युदण्ड समाधान होइन भन्दै आज बिर्तामोडको मोक्तिचोक अगाडी महिलाहरुले प्रदर्शन गरेका छन् । यसमा महिला अधिकारकर्मी र सांसदहरुले पनि यसलाई जोडतोडले आवाज उठाइरहेका छन् ।

बलात्कारमा संलग्न हुनेलाई मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेको छ । तर, मृत्युदण्ड दिँदैमा बलात्कार नरोकिने मत पनि बलियो बन्दै गएको छ ।

बलात्कारमा संलग्नलाई राज्य संयन्त्रले संरक्षण गर्न नहुने अभियानकर्मी प्रकृति न्यौपानेले बताइन् । ‘मृत्युदण्ड समाधान होइन’, उनले भनिन्, ‘बलात्कारीलाई आजीवन काराबास हुनु पर्छ ।’ मृत्युदण्ड दिइएका विश्वका अरु देशमा पनि बलात्कार नरोकिएको उनले बताइन् ।

मुक्तिचोक अगाडी भेला भएका महिलाहरु निधारमा कालोपट्टी बाँधेर कालो पोशाकमा उपस्थित भएका थिए । उनीहरुले ‘अब कति सहने’ भन्दै बलात्कारीलाई मृत्युदण्ड होइन आजीवन काराबासको सजाय हुनु पर्नेमा जोड दिए ।

प्रदर्शनमा महिलाहरुले सबै पुरुष बलात्कारी होइनन् भन्दै जो हुन् उनीहरुलाई छोड्न नहुने बताए । समाजबादी सरकार कहाँ छ ? भन्दै महिलाहरुले प्रश्न पनि गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्।