एजेन्सी। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई १७८ रनको चुनौती प्रस्तुत गरेको छ।

दुबई इन्टरनेसनल स्टेडियममा जारी खेलमा टस तेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको हो।

राजस्थानका लागि अर्धशतकीय पारी खेलेका कप्तान स्टीभ स्मिथले सर्वाधिक ५७ रन बनाउँदा रोबिन उथप्पाले ४१ रन बनाए। त्यस्तै राहुल तेवातियाको नटआउट १९ रन र जोस बटलरको २४ रन महत्वपूर्ण रह्यो।

बेङ्ग्लोरका लागि क्रिस मोरिसले ४ विकेट लिँदा युजवेन्द्र चहलले २ विकेट लिए।

बेङ्ग्लोर केही बेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।