झापा,कार्तिक ०१।  पछिल्लो २४ घण्टामा झापामा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

झापामा आज सबै भन्दाबढी संक्रमित बिर्तामोडमा थपिएका छन् । बिर्तामोडमा २२ जनामा संक्रमण देखिएको हो । तीमध्ये १६ महिला र ६ पुरुष छन् । उनीहरु सबै समुदाय तहका हुन् ।

भद्रपुरमा १३ जनामा सङ्क्रमण देखिएको छ । भद्रपुरका कोरोना संक्रमितमध्ये ८ जना सुरक्षाकर्मी छन् । अरु सबै समुदाय तहका हुन् ।

दमकमा १४ जनामा सङ्क्रमण देखिएको छ । ११ जना पुरुष र ३ जना महिलामा संक्रमण भेटिएको हो । संक्रमितमध्ये एकजनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कनकाई नगरपालिकामा पनि चारजना महिला र पाँच जना पुरुष गरी ९ जनामा सङ्क्रमण देखिएको छ । संक्रमण देखिएका सबै स्थानीय हुन् ।

मेचीनगरमा १३ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँ ठेगाना भएका ६ जना छन् । हल्दिबारी गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको छ ।

गौरादहमा दुई जनामा सङ्क्रमण देखिएको छ । गौरादहका संक्रमितमध्ये एक जनाको मृत्यु भएको कोरोना फाेकल पर्सन जीवन चौलागाईंले बताए ।

शिवसताक्षीमा २ जना र कमल गाउँपालिकामा तीन जनामा पनि संक्रमण पुष्टि भएको छ ।

झापाको समुदाय तहमा कोरोना संक्रमण फैलिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । झापाका सबै स्थानीय तहमा संक्रमित थपिने क्रम तीव्र छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।