एजेन्सी। स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिड विजयी भएको छ । शनिबार सम्पन्न खेलमा एटलेटिकोले सेल्टा भिगोलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

एटलेटिकोको जितमा लुइस स्वरेज र यानिक कारास्कोले एक एक गोल गरेका छन् ।

यसै सिजनाबाट बार्सिलोनाबाट एटलेटिको गएका स्वरेजले ला लिगामा ४ खेलमा तेस्रो गोल गरेका छन् । यो सँगै स्वरेजले ला लिगामा आफ्नो कुल १५० गोल पनि पुरा गरेका छन् । स्वरेज ला लिगामा छिटो १५० गोल पुरा गर्ने रोनाल्डोपछि दोस्रो खेलाडी हुन् ।

यो जितपछि एटलेटिकोले ला लिगामा दोस्रो जित हासिल गरेको छ । एटलेटिकोले ४ खेलमा २ जित र २ बराबरीसहित ८ अंकसहित लिगको चौथो स्थानमा रहेको छ ।

त्यस्तै सेल्टा भिगो भने ६ खेलमा तेस्रो हार बेहोरेको छ । 

तपाइको प्रतिक्रिया दिनुहोस्।