जनकपुर,कार्तिक ०१। प्रदेश नम्बर २ मा सबै भन्दा ठुलो तथा अत्याधुनिक महिन्द्रा मोटर गाडीको सुविधा सम्पन्न  शो रुम शनिवारदेखि  आएको छ । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम वडा नम्बर १४ स्थित मुजेलियामा ऋचा मोटर्स प्रालिले सञ्चालनमा आएको उक्त शो रुमले सेल्स, सर्भिस र स्पेयर पार्टसको विक्री वितरण अधिकृत विक्रेताको डिलर्स संचालन गर्दै छ ।

शो रुमका संचालक राजेश अग्रवालले महिन्द्रा कम्पनीको हेभी गाडी बाहेक स्कार्पियो, बोलेरो, टयाक्ट्रर, पिकअप र भ्यान लगायतका गाडीको विक्री वितरणका साथै दक्ष मेकेनिकद्वारा सर्भिसिङको व्यवस्था रहेको बताए।

उनले सम्बन्धित गाडीको स्पेयर पार्टसका लागि अब बाहिर जानु नपर्ने भन्दै गाडीको सर्भिस अत्याधुनिक मेसिन र दक्ष मेकेनिकबाट छिटोभन्दा छिटो गराएर दिने बताए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्।