१९ मंसीर, कोटिहोम । घिसिङ समाज नेपाल, झापा जिल्ला समितिको आयोजनामा दोमाङ पुराण वाचन तथा लुङ्दा फहराउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लामा गुरु चन्द्र घिसिङ र पटनटु घिसिङले सम्पूर्ण पितृहरु आत्माको शान्तिको कामना गर्दै २ दिन दोमाङ पुराण पाठ वाचन गर्नुभएको थियो भने उक्त कार्यक्रमकै अवसरमा झापा जिल्लाका घिसिङ समाजका ज्येष्ठ सदस्य धर्मसिंह घिसिङलाई ज्येष्ठ नागरिकको रुपमा सम्मान गरिएको थियो ।
घिसिङ समाज नेपालका केन्द्रिय संयोजक कुमार घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा घिसिङ समुदायको बु¢िजीवि तथा लेखक एल.बि. घिसिङ, नेपाल तामाङ घेदुङ जिल्ला कार्यकारिणी समिति झापाका अध्यक्ष काजिमान घिसिङ, घिसिङ समाज प्रदेश नं. १ संयोजक तथा साङाक छ्योलिङ बौ¢ गुम्बाका अध्यक्ष मान बहादुर घिसिङ लगायतको विशेष आतिथ्यता रहेको थियो भने लामा गुरुहरु चन्द्र घिसिङ, पटनटु घिसिङ, घिसिङ समाज मोरङ जिल्ला अध्यक्ष रङ्गलाल घिसिङ, घिसिङ समाज ताप्लेुजुङका अध्यक्ष विर बहादुर घिसिङ, विद्यार्थी घेदुङ झापाका अध्यक्ष हैकम घिसिङ लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रमका विशेष अतिथि तथा लेखक एल.बी. घिसिङले आफ्नो अध्ययन र अनुसन्धानको क्रममा घिसिङहरुको उत्पत्ति एकै ठाउँबाट भएपनि अहिले आएर पितृ पुज्ने फरक फरक विधिहरु पाइएको र यसमा एकरुपता ल्याउनुपर्ने बताउनुभयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि कुमार घिसिङले देश विदेशमा छरिएर रहेका घिसिङहरुलाई एउटै छाताभित्र अटाउन, आफ्नो स्वाँगेभाइ(दाजुभाइ) चिन्न साथै घिसिङको वंशावली तयार गर्न र संस्कार, संस्कृतिमा एकरुपता ल्याउन घिसिङ समाजको आवश्यकता रहेकाले सबै घिसिङ दाजुभाईलाई समाजमा संगठित हुन अपिल गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता घिसिङ समाज झापाका अध्यक्ष विश्वराज घिसिङले गर्नुभएको थियो भने स्वागत मन्तव्य घिसिङ समाज झापाका उपाध्यक्ष कर्मसिंह घिसिङले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन भने उद्घोषक¢य रश्मी घिसिङ र बद्री घिसिङले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।