विराट चौक, पौष ३ । नेपाल तामाङ घेदुङ प्रदेश नं. १ कार्यसमितिको ऐतिहासिक प्रथम अधिवेशन बिहिबार सम्पन्न भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री माननीय शेरधन राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा नेपाल तामाङ घेदुङ संघिय कार्यसमिति अध्यक्ष मोहन गोले तामाङ, अन्तरास्ट्रिय तामाङ परिषदका वरिष्ट उपाध्यक्ष टाँसी लामा, घेदुङ वरिष्ट उपाध्यक्ष बेली लामा, घेदुङ संघिय सचिव राम कृष्ण ब्लोन, भाषा तथा साहित्य विभाग प्रमुख काजिमान थिङ तामाङ तथा अन्तरास्ट्रिय तामाङ परिषदका निवर्तमान अध्यक्ष महेन्द्रजंग तामाङ लगायतको विशेष आतिथ्यता रहेको थियो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य महेश रेग्मी, नेपाली कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरे, सुन्दरहरैचा न.पा. का मेयर थिव प्रसाद ढकाल, प्रदेश सांसद माननीय लोक प्रसाद संग्रौला र माननीय राजकुमार ओझा लगायतको आतिथ्यता रहेको थियो ।

दुइ दिनसम्म चलेको अधिवेशनले आगामी चार वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । घेदुङ प्रदेश नं. १ को अध्यक्ष पदको लागि भएको निर्वाचनमा ८९ मत ल्याई रेख बहादुर तामाङ (मोरङ) निर्वाचित भएका छन् भने अर्का प्रत्यासी सन्तवीर तामाङले ५९ मत प्राप्त गरे ।

उद्योग वाणिज्य संघ मोरंङको सभाहलमा भएको बन्दसत्रले उपाध्यक्षमा विपिन तामाङ (संखुवासभा) र लिलामाया पाख्रिन (भोजपुर), सचिवमा तिलक तामाङ (झापा), सह-सचिवमा रुपेन्द्र घिसिङ (पांचथर), कोषाध्यक्षमा जानुका पाख्रिन (सुनसरी) लाई सर्वसम्मत चयन गरेको छ । प्रादेशिक सदस्यहरुमा टिका बहादुर पाख्रिन (इलाम), दिना कुमारी घिसिङ (ताप्लेजुङ), एकराज तामाङ (ओखलढुङगा), हिमसरी तामाङ (सोलुखुम्बु), कृष्ण कुमार तामाङ (तेह्रथुम), लोक बहादुर थिङ (सुनसरी), निमा तामाङ (पांचथर), विजेन्द्र तामाङ (भोजपुर), धन बहादुर तामाङ (संखुवासभा), मदन कुमार डुम्जन (झापा), जस बहादुर तामाङ (झापा), गोविन्द योञ्जन (खोटाङ), अर्जुन घिसिङ (उदयपुर), तस्विर मोक्तान (उदयपुर), गंगाराम गोम्देंन (धनकुटा), गोकुलसिंह योञ्जन (धनकुटा) लाइ सर्वसम्मत चयन गरेको घेदुङ निवर्तमान प्रादेशिक सचिवालय सदस्य पदम बहादुर तामाङले जानकारी दिए ।

उद्घाटन कार्यक्रम घेदुङ प्रदेश नं. १ का निवर्तमान अध्यक्ष मित्रसेन योञ्जनको सभापतित्वमा भएको थियो भने संचालन रेख बहदुर घिसिङले गरेका थिए ।

फोटो फिचर:

उद्घाटन कार्यक्रमका अतिथिहरु
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राई मन्तव्य राख्नुहुँदै
नेपाल तामाङ घेदुङ संघीय कार्यसमिति अध्यक्ष मोहन गोले मन्तव्य राख्नुहुँदै
नेपाल तामाङ घेदुङ भाषा, साहित्य विभाग प्रमुख काजिमान थिङ मन्तव्य राख्नुहुँदै
पदम बहादुर तामाङ र रेख बहादुर घिसिङ लगायत बन्दसत्रका प्रतिनिधिहरु

तपाइको प्रतिक्रिया दिनुहोस्।