विर्तामोड, माघ ११ । प्रकृति फाउण्डेशनको चौथो साधारण सभा विर्तामोडमा सम्पन्न भएको छ। साधारण सभाले मनोज ताम्लीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा उपाध्यक्ष निता घतानी, महासचिवमा अनिता कन्दङवा, सचिव अशोक खतिवडा र कोषाध्यक्षमा रोशन लामा चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा नारायण पोख्रेल, सुम्निहाङ्ममा लिम्बू, प्रदीप परियार र
सरोज सत्याल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।