बुद्धशान्ति । सामाजिक कार्यमा अग्रसर बुद्धशान्तिका युबाहरुको आशीर्वाद प्रतिष्ठान बुद्द्शान्तीले बुधबारका लागि आयोजना गरेको सांगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । गित सङ्गितको माध्यमबाट पनि समाजसेवा गर्न सकिन्छ भन्दै प्रतिष्ठानले भोइस अफ नेपाल सिजन २ का विजेता राम लिम्बु सहित आरिफ रौफ, सनिस श्रेष्ठ, विकास लिम्बु, अन्जु रानामगर, यान्की येल्मोको सांगितिक कार्यक्रम राखेको छ भने होस्टका रुपमा भोइस अफ नेपालकै शुसिल नेपाल रहनेछन् ।

भोलि हुने सांगितिक कार्यक्रमबाट संकलन भएको रकमले र्दुब्यसनीमा फसेका तर उपचार खर्च नभएर सुधार केन्द्रमा राख्न नसकिएका ५ जना ब्यक्तिहरुलाई निःशुल्क उपचार गरिने आशिर्वाद सुधार केन्द्रका अध्यक्ष प्रेम लिम्बुले जानकारी दिएका छन् ।

र्दुब्यसन रहित समाज निर्माणका लागि एक भएका युवाहरुले कुलतमा फसेकाहरुलाई सुधार गर्नु नै आफुहरुको मुख्य उद्धेश्य रहेको आयोजक समितिका संयोजक नन्दु राईले जानकारी दिए । उनका अनुसार आर्शिवाद प्रतिष्ठानले हाल सम्म १ हजार २ सय ५० जनाको उपचार गरिसकेको छ भने अहिले पनि २२ जनालाई सुधार केन्द्रमा राखेर उपचार गरिराखेको छ ।

१० लाख ३० हजारबढी खर्च अनुमान गरिएको कार्यक्रममा झापासहित, इलाम, पाँचथर तथा छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको उपस्थिती हुने सह–संयोजक विनोद नेम्वाङले जानकारी गराएका छन् ।

समाज परिर्वतनका लागि युवाहरुले गरेको कामलाई सबैले साथ दिने र सांगितिक कार्यक्रमले मनोरञ्जनका साथै परोपकारी काम पनि हुनेभएकाले भ्वाइस अफ नेपालको टिमलाई पूर्वमा पहिलो पटक बुद्धशान्तिमा ल्याउन सफल भएको सचिव गजुहाङ योङयाङले जनाए । सचिव गजुहाङका अनुसार बुद्धआदर्श मावि बुद्धशान्तिको प्राङ्गणमा हुने कार्यक्रम दिंउसो २ बजेबाट शुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।