पछिल्लो समय लोक आधुनिक गायनमा चर्चामा रहेका गायक वीरेन्द्र श्रेष्ठको नयाँ गीत ‘पिरती नाप्ने के ले हो’ सार्वजनिक भएको छ । पेशाले इन्जिनियर गायक श्रेष्ठलाई टिका प्रसाईंले साथ दिएकी छन् । गीतमा चर्चित मोडल रिस्ता बस्नेत र सञ्जीव थेबेको दमदार अभिनय देख्न सकिन्छ । गीतमा दिपकराज विश्वकर्माको संगीत तथा रविन स्वप्निल गिरीको शब्द रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीतको सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।

बिहीबार एक कार्यक्रमका बीच काठमाडौँ युट्युबमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् ।

भिडियोको निर्देशन निशान काश्यपले गरेका हुन् । गायक श्रेष्ठका यसअघि ‘घर हाम्रो लेकैमा’, ‘आँखा लाउँछन्’, ‘पिरिमको बाढी’, ‘आउन माया भटौँ न’ लगायत गीत चर्चित छन् । ‘घर हाम्रो लेकैमा’ र ‘आउन माया भटौँ न’ गीतले ओएस नेपाल म्युजिक अवार्डमा उत्कृष्ट लोकपप विधाको पुरस्कार जितेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।