बिर्तामोड । स्थापनाको तेस्रो वार्षिक उत्सवको अवसरमा ग्रीन फिल्ड वर्ल्ड स्कुलले विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बिर्तामोड–१ स्थित विद्यालयको प्राङ्गणमा शनिबार औपचारिक कार्यक्रमको आयोजना गर्दै कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर शिक्षा अधिकृत दिनेश आचार्यले खेलको साथसाथै नानीहरूलाई आजको याे विज्ञान र प्रविधिको युग सम्बन्धी सीप सिक्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो “आचरणयुक्त शिक्षा र व्यवसायिक शिक्षा आजको आवश्यकता रहेकोले त्यसतर्फ विद्यार्थीहरूले अनुसरण गर्नुपर्ने बताउनुभयो ।”
विद्यालयका संस्थापक संरक्षक गोपाल कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौला, बाल्मीकि एजुकेशन फाउण्डेसनका प्रिन्सिपल विष्णु सिंघल, लिटल फ्लावर्स इङ्लिस स्कुलका प्रिन्सिपल देव कुमार दास, न्युटन्स् एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईं, ग्रीन फिल्ड वल्र्ड स्कुलका संस्थापक अध्यक्ष विशाल बस्नेत, संरक्षण संस्थापक श्याम कुमार बस्नेत, जितेन्द्र कुमार बस्नेत ,प्रबन्ध निर्देशक कुमार बस्नेत ,विद्यालय संचालक मनिसा बस्नेत पुर्वावन्च्ल दैनिकका डेक्स सम्पादक लक्षमण ढकाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थी स्कुल क्यापटेन आरूस प्याकुरेलको संयाेजनमा अतिथिहरूलाई मार्च पास गरेर स्वागत गरिएको थियोे । कक्षा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुको विविध खेलकुद तथा सांस्कृति क्रियाकलापमा सहभागिता रहेको थियो । विविध खेलकुद प्रतियोगितामा प्रथम ,दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई अभिभावकद्रुारा पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै उपस्थित अभिभावकहरुलाई पनि म्युजिकल चियर खेलमा सहभागी गराईएकाे थियोे । विद्यालयका चारवटा हाउसका विद्यार्थीहरुलाई सय ,दुईसय, चार सय मिटर दाैड, बन रेस, बल किपिङ लगाएत एक दर्जन खेलहरु खेलाईएकाे थियोे ।

विद्यालयका प्रिन्सिपल पीयूष कुमार रोयले स्वागत गर्नुभएको कार्यक्रममा धन्यवाद ज्ञापन सहायक प्रिन्सिपल दीक्षा क्षेत्रीले गर्नुभएको थियो भने क्रायक्रमको संचालन शिक्षिका शुसिला घिमिरे र शिक्षक विनय राईले गर्नुभएको थियो । २०७४ मा स्थापना भएको छाेटाे समयमै विधालयले कक्षा -८ सम्म पटनपाठन सुरु गरेकाे हाल कक्षा-१० सम्म अध्यापन हुदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।