काठमाडौ । नेपाल खो खो संघले खो खो खेलको तीन हप्ते प्रशिक्षणका लागि दुई अन्तराष्ट्रिय खेलाडीहरु कुशल मेचे र राजन बललाई दिल्ली पठाएको छ ।

संघबाट सिफारिस भएका उनीहरुलाई विदाइ गर्दै खो खो खेलका दुइ जना नव प्रतिभालाई थप प्रशिक्षणका लागि दिल्ली पठाइएको संघले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएको छ ।

दुई खेलाडीमध्ये कुशल मेचे झापाका हुन् । विर्तामोड नगरपालिका वडा न. ६ स्थायी बासिन्दा रहेका उनी खोखो खेलमा अब्बल मानिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।