इलाम ,आइतवार ।
इलाम माइ नगरपालिका स्थित नेपाल रेडक्रस सोसाइटिको एम्बुलेन्स बेहाल अवस्थामा रहेको छ । आज भन्दा करिब ५÷७ बर्ष अघि सञ्चालन हुदै आएको उक्त एम्बुलेन्स तत्कालिन अध्यक्ष कृष्ण खाकी हुदाँ बखतको थियो । “तत्कालिन समयमा पनि खाकीले व्यक्तिगत सो सरह चलाउथे , आफ्नै हिसाबले भाडामा दिन्थे” स्थानिय एक व्यक्तिले नाम नवताउने सर्तमा बताए । उनि यसैमा थप्छन् “आफु मनपरि सार्बजनिक सम्पत्ति दुरुपयोग गर्न पाउने कि नपाउने, नपाउने हो भने यसको लेखाजोख गर्ने चाहि कस्ले हो ??”
देशमा दिनै मौलाईरहेको भ्रष्ट्राचार मध्धे यो पनि एक किसिमको भ्रट्राचार नै हो । सार्वजनिक सम्पत्ति माथि हामि सबैले अपनत्व बोध गर्नुपर्छ । यसको जगेर्ना गर्नु हाम्रा् दायित्व हो । सार्बजनिक सम्पत्त माथिको दोहन रोक्न सम्बन्धित पक्षको ध्यान जाओस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।