काठमाडौं । काठमाडौंको लाजिम्पाटमा रहेको पबी ज्वलेर्सबाट सुन र चाँदीका ८५ लाख ७३ हजार बराबरको गहना चोरी भएको छ । काठमाडौं महानगरपालिका–५ हाँडीगाँउ बस्ने दिलिपकुमार श्रेष्ठको पबी ज्वलेर्सबाट गए राति गहना चोरी भएको हो ।

प्रहरीका अनुसार श्रेष्ठको ज्वेलर्सबाट सुनका विभिन्न गहना ९८.६८१ तोला र चाँदीका विभिन्न गहना ४ सय ३४.२६२ तोला र नगद २ लाख ४५ हजार रुपैयाँ चोरी भएको हो ।

चोरी गरिएको गहनाको मूल्य ८५ लाख ७३ हजार ४ सय ६५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बार्हखरी बाट साभार

तपाइको प्रतिक्रिया दिनुहोस्।