हल्दीबारी । हल्दीबारी गाउँपालिकाको छैटौं गाउँ सभा शुक्रबारबाट शुरु भएको छ । शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको गाउँपालिकाले बाल कक्षा देखि ५ कक्षा सम्म अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने सर्वसम्मत पास गरेको शिक्षा समितिको अध्यक्ष समेत रहेका उपाध्यक्ष डम्बर गिरीले बताए ।

सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन र हुँदा खाने परिवारका बालबच्चालाई लक्षित गरी दैनिक २० रुपैया बराबरको खाजा खाने व्यवस्था यहि चालू शैक्षिक सत्रबाट शुरु गर्न लागिएको उनले बताए । उपाध्यक्ष गिरीकै पहलमा शिक्षामा २ बर्षको अवधिमा ७ करोड भन्दा बढी लगानी भइसकेको छ ।

हल्दीबारी गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै सामुदायिक विद्यालयहरुको अवस्थामा महत्त्वपूर्ण सुधार आएको छ । अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन शुरु भएको छ भने सबै मावि, आवि र प्राविमा कम्प्युटर शिक्षक, इ-हाजिर, सिसि क्यामराबाट निगारानी, अङ्ग्रेजी ,विज्ञान, योग, कवडडी, जुरोकराते, फुटबल जस्ता शिक्षकहरुको व्यवस्थापन गरी सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्ने काममा उपाध्यक्ष गिरीको महत्त्वपूर्ण योगदान रहेको छ ।

हल्दीबारी गाउँपालिकाको छैठौं गाउँ सभामा सहभागी हुँदै जनप्रतिनिधिहरु

गाउँपालिकाको छैटौं गाउँ सभाबाट पारित गरिएको दिवा खाजा व्यवस्थाले नयाँ शैक्षिक सत्र देखि हुँदा खाने परिवारका विद्यार्थीहरुको उपस्थिति बढ्ने विश्वास लिइएको छ । गाउँ सभाले दिवा खाजाको लागि बैशाख, जेठ र असारको लागि २५ लाख विनियोजन गरेको छ ।

हल्दिबारी डटकमबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।