काठमाडौं । ५ वर्षअघि नेपालबाट अमेरिका गएका नेपाली युवा गायक दिवेश पोखरेल हलिउडमा गुञ्जिएका छन् । हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा परिवार सहित बसोबास गर्दै आइरहेका दिवेसले प्रस्तुती दिएसँगै जजहरुले वान्स मोर भनेपछि दिवेशले पुरै गीत गाएका थिए । उनले प्रस्तुती दिइरहँदा दर्शकहरु उनको गीतको तालमा झुमिरहेको देखिन्थ्यो ।

अभिवादनस्वरुप नमस्ते भनेर दिवेसले भने लगत्तै दर्शकहरुले पनि उनको नमस्ते फर्काएका थिए । यसपटक उनको प्रस्तुती हेर्नका लागी भनेर दिवेशकी दिदी रुपा पनि स्टुडियोमा पुगेकी थिइन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीले उनको खुलेर प्रशंसा गरेसँगै दिवेशको चर्चा थप चुलिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।