जनकपुर । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको प्रदेश सभाको मतदानमा चारवटै प्रस्ताव अस्वीकृत भएका छन् ।

चार वटा नामका लागि मंगलबार दिनभर भएका मतदानमा कुनै प्रस्तावको पक्षमा पनि दुई तिहाई नपुगेपछि मतदान निरर्थक हुन पुगको हो । 

प्रदेशका सत्तारुढ दल राजपा र समाजवादीले प्रस्ताव गरेको चौथो प्रस्ताव मधेस प्रदेशको प्रस्तावमा ६० मत परेको छ । विपक्षमा ४८ मत खसेको छ । एक मद बदर भयो । यो प्रस्तावमा दुई तिहाई मत पुग्न १२ मत मात्रैै कमि भयो । 
त्यसअघि तेस्रो प्रस्ताव मध्य मधेस प्रदेशको पक्षमा ४२ मत परेको थियो । यो सँगै यो प्रस्ताव पनि अस्वीकृत भएको छ । मध्यप्रदेशको विपक्षमा ६५ मत खस्यो भने  मिथिला–भोजपुराको पक्षमा २८ मत खसेको थियो । यस्तै विपक्षमा ७९ मत खसेको थियो ।

त्यस्तै नेकपाले गरेको जानकी प्रदेशको प्रस्ताव पनि अस्वीकृत भएको थियो । जानकी प्रदेशको पक्षमा ३७ मत खसेको थियो भने विपक्षमा ७० मत खसेको थियो । चारवटै प्रस्ताव अस्वीकृत भएपछि पुन अर्कोपटक मतदान गर्नुपर्ने भएको छ । रातोपाटीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।