काठमाडौं । नेपाल र इङ्ल्यान्ड ‘सी’बीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको असर मैत्रीपूर्ण खेलमा पनि परेको हो । नेपाल र ईङल्यान्ड ‘सी’बीचको खेल जेष्ठ १२ का लागि तय भएको थियो ।

खेल इङल्यान्डमा हुने कार्यक्रम रहेको थियो । मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) स्थिति सामान्य नरहँदा सम्मका लागि खेल स्थगित भएको बताएको हो । दुई टोलीबीचको खेल होम र अवेको आधारमा हुने भनिएको थियो । 

तपाइको प्रतिक्रिया दिनुहोस्।