काठमाडौं । सरकारको निर्णय अटेर गर्दै राष्ट्रियसभा बैठक सुरु भएको छ । सरकारले बुधबार २५ जनाभन्दा बढी मानिस भेला नहुन भनेपनि सो विपरीत राष्ट्रियसभा बैठक बसिरहेको छ ।

२५ भन्दा बढी सांसदहरु उपस्थित हुने राष्ट्रियसभा बैठक भने अहिले बसिरहेको छ । राष्ट्रियसभा सचिवालयका अनुसार भने पूर्व निर्धारित कार्यक्रम भएकाले नरोकिएको हो ।

बैठक कक्षमा प्रवेश गर्दा स्यानिटाइजरको व्यवस्था गरेरै सांसदहरु बैठकमा गएकाले कोरोना भाइरसमा सतर्कता अपनाइएको सचिवालयको दाबी छ । राष्ट्रियसभामा ५९ सदस्य छन् । 

यसअघि बिहीबार बिहान राज्य व्यवस्ता समिति बैठकमा पनि सांसदहरुले बैठक बोलाएकोमा आपत्ती जनाएका थिए ।

बैठकमा कांग्रेस सांसद दिलेन्द्र बडुले सरकारले गरेको निर्णयमा सघाउनुपर्ने भन्दै बैठक बोलाइएकोमा असहमति जनाएका थिए । बडुको असहमतिपछि समिति बैठक स्थगित भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्।