काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीको नाममा संबोधन गरेका छन् । उनले सम्बोधनको क्रममा कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान स्थगित गरिएको बताएका छन् । त्यसैगरी १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाउने जनाएका छन् ।

त्यसैगरी सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

हेर्नुहोस पुरा भिडियो:

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन

Posted by Jhulkegham.com on Friday, March 20, 2020
तपाइको प्रतिक्रिया दिनुहोस्।