विश्व यति बेला कोरोनाको संकटमा छ । नेपाल सरकार संकट निम्तिन नदिन सक्रियता पुर्वक लागेको बताएको छ । सरकारले कोरोना प्रभावित राष्ट्रका मानिसहरूलाई नेपाल प्रवेशमा रोक लगाउनुका साथसाथै विद्यालय तथा कलेजहरु समेत बन्द गरेको अवस्था छ जसका कारणले गर्दा विद्यार्थीहरुको पढाइमा असर पुगेको छ ।

व्यापार व्यावसाय धरासायी छन् ,पसल ,शैक्षिक संस्था लगायत सबै ठप्प भएका छन् । गाउँ घरमा भने चहलपहल बढेको छ । शहरमा बस्ने र काम गर्ने या त वैदेशिक रोजगारीमा गएकाहरु पनि स्वदेश फर्किने काम उस्तै छ। शहर,बजार ,प्रतिस्ठान लगाएत बन्द हुन थाले पछि गाउँमा उत्पादन हुने दूध जन्य बस्तु भने बिक्री हुन छोडेको छ ।

गाउँमा उत्पादन भएको साग,तरकारी ,फलफुल ,दूध जस्ता बस्तु लिन व्यापारी गाउँ जान छोडेको विर्तामोड ९ का कृषक श्रीप्रसाद पाठकले बताए । हिजो अस्तिसम्म जति दूध उत्पादन भएपनी बिक्रीवितरणमा कुनै समस्या थिएन अहिले भने सिमित मात्र ग्वालाले लाने गरेको बताए । यस्तै कुखुरा पालक कृषक जय प्रसाद पाठक भन्छन । ” अहिले त किन्न ग्राहक नै आउदैनन् लगभग ८ सय जति छन् स्थानीय जातको कुखुरा चारो हाल्यो बस्यो के गर्ने र “? कृषकका कुरा मात्र होईन अन्य ब्यापार व्यवसाय पनि उस्तै हुन थालेको छ।

पुस्तक व्यावसायी केशव मैनाली भन्छन् पसल खोल्यो मोबाईल चलायो बस्यो यस्तै छ । होटल व्यावसायी किशोर पौडेल सुनाउछन ।” होटलमा मान्छे आउँदा पनि डर लाग्छ । नखोल्दा पनि हुन्न ,खोल्दा ब्यापार छैन । सुनसान छ चहलपहल नभएपछि सबैको उस्तै होला भनेर चित्त बुझाउदै छु । व्यावसायिक प्रतिस्ठानका समस्याकै कारण संचारमाध्यम पनि संकटमा परेका छन्” । बिज्ञापन रोकिएका छन् ,कार्यक्रम र कारोबार कतै छैन । तर अस्पतालमा भने सेवाग्राहीको चाप बढ्न थालेको छ।यो संकटको बेलामा इमर्जेन्सी बाहेकका सेवा संचालनमा रहँदा ओपिडीमा भिडभाड बड्दै गएको देखिन्छ। त्यहीबाट रोगको संङ्क्रमण फैलन सक्ने संम्भावना पनि छ ।

स्थानीय सरकार जति सकृय हुनु पर्ने हो त्यति हुन नसकेको जस्तो देखिन्छ भने प्रदेश र संघीय सरकार निक्कै गम्भीर भनेको देखिन्छ । प्रधानमन्त्री केपि शर्मा ओलीले देशबासी लाई सम्बोधन गर्दै सरकार गम्भीर भएको र रोग आउन नदिन सक्रियताका साथ काम गरिरहेको बताएका छन् । खुल्ला सिमानाकाका कारण नेपालीहरु त्रसित छन् ।सरोकारवाला निकाय सकृय र सजक हुन आवश्यक छ । साझामञ्चबाट

तपाइको प्रतिक्रिया दिनुहोस्।