सरोज पौडेल

झापा। सरकारले आजबाट लागू गरेको लक डाउनलाई नागरिकले नै उल्लंघन गरेका छन् । झापामा अवज्ञा गर्ने ७ वटा मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मानिसको भिडभाड हुने ठाउँमा प्रहरीले उपस्थिति बाक्लो बनाएको र धेरैलाई सम्झाएर घर पठाएको ट्राफिक प्रहरी प्रमुख प्रकाश जबेगुले जानकारी दिए। झापाका १८ वटै पोस्ट बाट लकडाउन ब्यबस्थित बनाउने काम गरिरहेको जबेगुले बताए ।

विश्वब्यापी फैलिएको कोरोना भाइरसबाट नेपाल हालसम्म सुरक्षित छ । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा संक्रमण देखिएपछी सरकारले लक डाउनको घोषणा गरेको हो।

झापा सहित देश भर गरिएको लक लाई भने नागरिक स्तरबाटै उल्लंघन गरिनु काल निम्त्याउनु जस्तै भएको बिज्ञहरु बताउंछन् । यता झापामा भने प्रहरीले बाटो छेकेर बसेको छ। झापाका मुख्य शहरमा प्रहरी संकृय भएर सरकारको निर्णय कार्यान्वयन गराउन लागेको छ। बिर्तामोड ,दमक, धुलाबारी, काकडभिट्टा,भद्रपुर लगायतका क्षेत्रमा माइकिङ्ग तथा प्रहरी आफै सडकमा आएर सबैलाई घर भित्र बस्न आग्रह गरेको छ।

यस्तै गाउँमा भने सर्वसाधारणहरु खेतबारीमा ब्यस्त देखिन्छन् । यति बेला किसानले लगाएको मकै गोड्ने समय भएकाले खेतमा काम गर्ने किसान प्रसस्त देखिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।