सरोज पौडेल

सुन्दा अचम्म लाग्छ तर वास्तविकता हो, वास्तविकता के हो भने जनताले भनेको सरकारले मान्ने तर सरकारले भनेको जनताले नमान्ने । कोरोनाबाट बच्न आम नागरिकबाट सरकारलाई तत्काल नाका सिल गर्न र लकडाउन गर्न सुझाव दिए ।

सामाजिक संन्जाल र मिडिया तात्यो र सरकारले जनताको माग अनुसार लकडाउन गर्यो । आज बिहान बाट शुरु गरिएको लकलाई उनीहरुले नै उलंघन गरेको पाइयो। इटली लगायतका मुलुकले समयमै सावधानी नअपनाउँदा ठुलो क्षति ब्यहोर्न्नु परेको र नेपाल सरकारले बेलैमा सजग नभए ठुलो क्षतिको सामना गर्नु पर्ने भन्दै जनता, मिडिया र सामाजिक संन्जाल तात्यो यो आवाज लाई सरकारले सम्बोधन गर्यो ।

तर निर्णय कार्यान्वयन गर्न भने प्रहरी र सेना सडकमा उतार्नु पर्ने अवस्था सिर्जना भएको छ। देशका विभिन्न स्थानमा कर्फ्यु आदेश लगाउनु पर्यो । सवारीसाधन नियन्त्रणमा लिनु पर्यो । सुन्दा दु:खद कुरा हो जसको उपचार र कुनै खोप पत्ता लाग्न सकेको छैन, बच्ने र सुरक्षित हुने एउटै मात्र उपाय भनेको घर भित्र सुरक्षित बस्नु हो ।

सजिलो उपाय घरमै बस्ने, दिनचर्या सहज बनाउने, साबुनपानीले हातधुने, मास्कको प्रयोग गर्ने, अर्गानिक साग तरकारी खाने, माछामासु नखाने जस्ता सुझाव सरकार र स्वास्थ्य अधिकारीले मात्र होईन अन्तर्राष्ट्रिय समुदायले पनि भनेको छ । तर हाम्रो प्रबृत्ति निस्कनै पर्ने, बाहिर देखिनै पर्ने सुरक्षा र सावधानीका लागि राज्य गम्भीर बन्ने जनता रेला गर्ने ।

राज्यका लागि होईन आफ्ना लागि हो सरकारले भनेको मान्नु ।१६ हजार भन्दा बढिको मृत्यु भएको छ लाखौं संक्रमित भएका छन् । छिमेकी रास्ट्र भारत लगायत १ सय ९२ देशमा फौलिएको कोरोना नेपालमा आउने प्रशस्त संम्भावना छ।

लकडाउन गर्यो नेपाल सरकारले अनि भारत लगायतका मुलुकमा कार्यरत नेपाली घर फिर्न पाउनु पर्ने भन्दै सिमा नाकामा आन्दोलन र नाराबाजी गर्नु यो परिस्थितिमा मुर्खता हुन सक्छ । भौतिक सुखका लागि शहरमा हुने संकट आउँदा गाउँलाई माया गर्नु हाम्रो परम्परा जस्तै भएको छ। यो परिस्थितिमा जो जहाँ छौं त्यही बसौं सिर्जना गरौं,आफू संग भएका प्रतिभाहरु । बालबालिकासंग रमाऔं परिवारलाई समय दिऔं । हाम्रो संस्कार हाम्रो संस्कृति नमस्कार गरौं हात नमिलाऔ।

तपाइको प्रतिक्रिया दिनुहोस्।