उर्लाबारी। उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो चैत ४ गते कतार एयरलाइन्सबाट नेपाल आउने यात्रुको खोजीमा निस्किएका छन् ।

चैत ४ गते कतार एयरलाइन्सबाट काठमाडौं आएका उर्लाबारी ९ निवासी नागरिकको घरमा नै पुगेर फागोले परीक्षणको व्यवस्था मिलाएका छन् । उनले ती व्यक्तिलाई सवारीको व्यवस्था गर्दै परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका छन् ।

मेयर फागो ती व्यक्तिको घरमा पुगेर सम्झाएका थिए । उनले पनि त्यही जहाजबाट संक्रमित युवती आएको थाहा पाएपछि आफूले नै फोन गरेर इलाका प्रहरी कार्यालयमा खबर गरेको बताएका थिए ।

मेयर फागोले सम्भावित संक्रमणलाई फैलन नदिन कोरोनाको लक्षण देखिएका नागरिकलाई परीक्षणका लागि धरान पठाउन सहजिकरण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्।