ताप्लेजुङ। कोरोना भाइरस (कोभिड-१९)ले विश्वव्यापी रुपमा महामारी फैल्याइरहेको अवस्थामा ताप्लेजुङ सदरमुकामदेखि पाथिभरा याङ्वरक गाउँपालिका हुँदै तप्लेजुङको पुर्वी भेगमा मानिसहरु विभिन्न यातायातका साधानहरु मार्फत भाग्दै प्रवेश गर्ने कार्य भएकोले खोक्से खोला सडक नाका लक डाउन गरिएको छ।

गाउँपालिका अध्यक्ष केसर कुमार सुब्बाको निर्देशन तथा थेचम्बु प्रहरी चौकी प्रमुखको कमान्डमा र उपध्यक्ष रनमाया गुरुङ,थेचम्बुका युबाहरुको उपस्थितिमा पाथीभरा याङ्वरक गाउँपालिका१ स्थित उक्त नाका लक डाउन गरिएको हो।

यस्तै पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङ छिर्ने विभिन्न नाकाहरु पनि बन्द गर्ने निर्णय गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।