सरोज पौडेल

एकसाता लामो लकडाउन घोषणाको आज दोश्रो दिन जनजीवन सामान्य देखिएको छ। प्रहरीको सक्रियता र चेतनाको बिकासले जनता घरमै बसेका छन् तर देशका विभिन्न स्थानमा भने नेपाली सेना परिचालन गरिएको छ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरस बाट नेपाल ३ जनामा संक्रमण भेटिएको बताइएको छ तर हाल सम्म कसैको भाइरसकै कारण मृत्यु भएको छैन । २५ जना भन्दा बढी भेला नहुन सरकारले आग्रह गरे संगै र अनावश्यक घर बाहिर ननिस्कन प्रशासनले उर्दी जारी गरेकाले सडक सुनसान देखिएको हो। कुनै कारणबस असामहिक निधन भएमा स्थानीय नजिकैको घाटमा दाहसंस्कार गर्न प्रहरीले र प्रसासनले आग्रह गरेको छ।

झापाका कन्काई, बिरिङ लगायतका आर्यघाट सुनसान देखिएका छन् । अत्यावश्यक सवारीसाधन भने निर्भात रुपमा संचालन भइरहेका छन् बिना कारण सवारी चलाउने र अटेरी गर्ने लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच गरिब तथा मजदुरी गरी जीवन गुजारा चलाउनेलाई स्थानीय सरकार र संघसंस्थाले राहतका कार्यक्रम प्रशासनको अनुमतिमा संचालन गर्ने तयारी समेत गरेका छन् ।

भाइरस बाट हालसम्म १९ हजार भन्दा बढीको ज्यान गएको छ भने ४ लाख बढी संक्रमित भएको बिश्वस्वास्थ संगठनले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।