झापा। अत्यावश्यक सामग्रीको ढुवानी अब बेलुकी ६ बजेदेखि बिहान ६ बजे सम्ममा गर्न जिल्ला प्रशासन कार्यालय झापाले आदेश जारी गरेको छ । आज बसेको बैठकको निर्णयानुसार अब अत्यावश्यक खाद्यान्न ढुवानी सेवाका गाडीहरु सो समयमा मात्र ढुवानी गर्न पाइने छ ।

आजैबाट लागु हुने निर्णय चैत १८ गते सम्म रहने बताइएको छ । साथै जिल्ला प्रशासन कार्यालय झापाले कोरोना सम्बन्धि कुनै सुझाब तथा गुनासाहरु भएमा सम्पर्क गर्नका लागि टोल फ्री नम्बर पनि सार्वजनिक गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको टोल फ्री नम्बर १६६० २३४५ १२५ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्।