हल्दिबारी। कोरोना भाइरस (कोभिड-१९) को वर्तमान जोखिमलाई मध्यनजर गर्दै सम्भावित संक्रमणबाट बच्न हल्दिबारी – २ स्थित श्री साना किसान चिया उत्पादक सहकारी संस्था लि. ले बीस हजार बराबरकाे एक हजार थान माक्स वडा कार्यालय लाई प्रदान गरेकाे छ ।

यस्तै श्री एकता बहुउद्देश्यीय सहकारी संस्थाले पनि तीन हजार बराबरकाे एक सय पचास थान माक्स उपलब्ध गराएकाे छ । संस्थाका अध्यक्षद्वय हर्क तामाङ र सागर शिवाकाेटीले साे सामाग्री वडा सदस्य खगेन राजवंशी र हल्दिबारी स्वास्थ्य चाैकी प्रमुख उमा रेग्मी लाई संयुक्त रुपमा हसतान्तरण गरेका थिए।

त्यसैगरी काेराेनाकाे राेकथाम गर्नका लागि वडामा २४ सै घण्टा सेवा दिन सक्ने गरी एम्बुलेन्स सेवा स्टेण्डबाई राखिएकाे वडा सदस्य खगेन राजवंशीले बताए । स्वास्थ्य चाैकी प्रमुख उमा रेग्मीले वडाभरी कहीँ कतै काेराेना काे लक्षण भेटेमा तुरुन्त स्वास्थ्य चाैकी हल्दिबारीमा समेत सम्पर्क राख्न अनुराेध गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्।