विर्तामोड । भारतका विभिन्न स्थानहरुबाट आएका ६ जना र वैदेशिक रोजगारबाट फर्किएका २ जना कोरोना संक्रमण आशंकित व्याक्तिलाई मेची आँखा अस्पतालमा रहेको क्वारेनटाइनमा पठाइएको छ ।

विहारबाट ४ जना, चेन्नाइबाट १ जना, सिलिगुडी घर भएका विर्तामोड ६ मा बस्दै आएको १ जना र दुबईबाट २ जना गरी ८ जनालाई क्वारेनटाइनमा पठाइएको हो ।

उनीहरुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुनसक्ने आशंकामा क्वारेनटाइनमा पठाइएको वडा नं. ६ का जनप्रतिनिधि एलबिन्द्र खत्रीले जानकारी दिए।

उनीहरुलाई वडा अध्यक्ष सुर्य प्रसाद कन्दंङवा र उद्योगी छत्र गिरीलगायतको विशेष पहल तथा इलाका प्रहरी कार्यालय विर्तामोडको उपस्थितिमा क्वारेनटाइनमा राखिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्।