राजगढ । कोरोना भाइरसको संक्रमणबाट जोगिन बाह्रदशी गाउँपालिका वडा नं. १ मा निःशुल्क मास्क वितरण गर्न थालिएको छ । घरदैलोमा पुगेर विपन्न समुदायका मानिसहरुलाई मास्क वितरण गर्न थालिएको हो ।

बाह्रदशी गाउँपालिका १ नं. वडा कार्यालयको आयोजनामा करिव २ हजार वटा मास्क तयार गरिएको वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए । ती मास्क बिहीबारदेखि घरघरमा पुगेर वितरण गर्न थालिएको उनले बताए ।

वितरणका लागि वडाध्यक्ष राजवंशी, वडा सदस्यहरु सुकुल मुर्मू,सैरुल मिया लगायत स्थानीय युवा खटिएका छन् । बाह्रदशीमा मास्कको अभाव देखिएको गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । उनले मेडिकल टेष्ट गरिएका मास्क पाउन नसकिएको बताउँदै त्यसबाहेकको मास्कको प्रयोग नगर्न आग्रह गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्।