सरोज पौडेल

झापा । सरकारले घोषणा गरेको लकडाउन आज तेस्रो दिन अझ सशक्त बनाइएको छ । नेपाल प्रहरीले मात्र लकलाई प्रभाबकारी बनाउन समस्या भएको ठाउँमा नेपाली सेनाले सहयोग गरेको छ।

कोरोना भाइरसबाट हालसम्म ३ जनामा संक्रमण देखिएको छ थप अरुमा सर्न नदिन मुलुक भरिका सम्पुर्ण ब्यापार, उद्योग, कलकारखाना बन्द गरिएको छ। झापाको ठुलो कृषि बजार बिर्तामोड कृषि थोक आज बाट पुर्ण रुपमा बन्द गराइएको वडा नम्बर ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिएका छन् ।

यस्तै झापामा लकडाउन प्रभाबकारी बनाउन स्थानीयले बाटोमा ढाट निर्माण गरेका छन् भित्री बाटो हुँदै बढी मोटरसाइकल, ट्याम्पु लगायतका सवारीसाधन रोक्न ढाट लगाएको बताइएको छ।

नेपाल र भारतमा लकडाउन भएता पनि भित्री र चोर बाटोबाट नेपाल प्रवेश गर्नेको संख्या आज पनि पाइएको छ । यता बिर्तामोड नगर उपप्रमुख पबित्रा महतरा प्रसाइले नगरबासीमा आवश्यक सामाग्री ब्यबस्थापन गर्न विभिन्न उपाय अबलम्बन गरिने बताइन् नगरबासीमा खानाको समस्या आए के गर्ने भन्ने विषयमा आन्तरिक छ्लफलबाट अगाडि बड्ने बताइन् ।

स्थानीय संघ संगठन, संस्थाहरुले समस्या आए राहत उपलब्ध गराउन तयार रहेको सामाजिक संजाल मार्फत प्रतिबद्धता ब्यक्त गर्नेको संख्या बढेको देखिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्।