मेचीनगर । मेचीनगर- ८ पुण्य चाेककायुवाहरुले आर्थिक रुपमा विपन्न ३० परिवारलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री वितरण गरेका छन्।

“आ -आफ्नो टोलबाट जुटाैं कोराेनाबाट सचेत बनाैं र बनाऔं” भन्ने नाराका साथ लकडाउनको समयमा अभाव नहोस् भनी स्थानीय सञ्जीव थापाकाे जन्मदिनको अवसर पारेर उक्त सामाग्री हस्तान्तरण गरिएको हो।

मेचीनगर ८ स्थित पाथीभरा टाेल, मेची टाेल, सुनाखरी टाेलमा बसाेबास गर्दै आएका उनीहरुलाई प्रति परिवार चामल १० केजी, दाल १ केजी, नुन १ पकेट, तेल १ प्याकेट र हात धुने डिटाेल साबुन १ वटा बितरण गरिएको धुलाबारी क्याम्पसका प्रमुख पुष्पराज पौडेलले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्।